१२ बैशाख २०८१, बुधबार

भारतले गर्यो इन्डोनेसियामा अलपत्र परेकी नेपाली युवतीको उद्वार


काठमाडौं, १२ जेठ । कोरोना भाइरसको कारणले गर्दा अहिले विश्वभरी नै नेपालीहरु अलपत्रमा परेका छन् कतिले ज्यान गुमाएका छन् त कति नेपाल फर्किन चाहेर पनि फर्किन पाएका छैनन् । यहीक्रममा इन्डोनेसियामा अलपत्रमा परेकी एक नेपाली युवतीको भारतीय दूतावासले उद्वार गरेको छ । इन्डोनेसियामा एक्सचेन्ज प्रोग्राममा अध्यनरत सेविका ढकालको घर रतनगर ९, मोहना, चितवन घर हो ।

उनी भारतको हरियाणास्थित महाऋषि मार्कन्डे विश्वविद्यालयकी छात्रा हुन् । उनी त्याँहा बीबीए गरिरहेकी थिइन् । लकडाउनका कारण भारत सरकारले आफ्नो नागरिकको उद्वार गर्ने क्रममा नेपाली दूतावासको आग्रहमा उनको समेत उद्वार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !