८ बैशाख २०८१, शनिबार

‘लिपुलेक समस्याको समाधान कूटनीतिक पहलबाट हुनुपर्छ’


रामलखन चमार

काठमाडौँ, २९ वैशाख । लिपुलेक क्षेत्रको सिमानामा देखिएका समस्यालाई जतिसक्दो चाँडो कूटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उहाँहरुले सरकार र सबै नेपालीहरुलाई राष्ट्रियताका पक्षमा उभिन आग्रहसमेत गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले कूटनीतिका पहलबाट लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताउँदै भारतका विभिन्न शहरमा रहेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामलखन चमारले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने महिलाका लागि बजेटमा अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश पन्तले हामीले भारतले गरेको जे पनि सहन सक्दैनौँ भन्नुभयो ।

सांसद उदया शर्मा पौडेलले कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डा विमला राई पौडेलले आगामी बजेटको प्राथमिकतामा कोभिड–१९ लाई जोड दिनुपर्ने बताउनुभयो । सांसद नैनकला ओझा र विना पोखरेलले किसानलाई प्राथमिकता दिने खालको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !