७ बैशाख २०८१, शुक्रबार

पोखराको खपौदीमा प्यारासुट दुर्घटना हुँदा २ घाइते


असोज ३, पोखरा | पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्यासुट दुर्घटना हुंदा सोमबार दुई घाइते भएका छन् । घाइते हुनेमा वडा नं. ६ बस्ने ३७ बर्षको धर्मेन्द्र गिरी र वडा नं. ४ टिकाथली बस्ने २१ बर्षकी सुष्मा शर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १८ सराङकोटबाट उडेको प्यारासुट करिब ११ बजे तिर दुर्घटना हुन पुगेको हो । उक्त प्यारासुट बुद्ध प्यारागलाईडिङ कम्पनी गौरीघाटको रहेको बताईएको छ । घाइतेहरु मध्ये गिरीको मेट्रोसिटी अस्पताल र शर्माको गण्डकी मेडीकल कलेजमा उपचार भई रहेको छ । उनीहरुको अवस्था भने  मध्यमनै रहेको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !