७ बैशाख २०८१, शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार


प्रचण्डमाथि जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको प्रथम स्मृतिमा आयोजित सभामा जुत्ता प्रहार भएतापनि उनलाई लागेन ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको नेकपा नेता भरतमोहन अधिकारीको स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

नेकपा अध्यक्ष प्रचण्ड सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति) को रुपमा सहभागी भएका थिए । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । जुत्ता हान्रे जुम्लाका रतन तिरुवा भएको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !