१२ बैशाख २०८१, बुधबार

जडिबुटी-सूर्यविनायक सडकमा सार्वजनिक र निजी सवारीले छुट्टाछुट्टै लेन प्रयोग गर्नुपर्ने


जडिबुटी-सूर्यविनायक सडक

११ फागुन, काठमाडौं । जडिबुटी-सूर्यविनायक सडक खण्डमा अब यात्रुबाहक तथा मालबाहक सार्वजनिक सवारी र निजी सवारीले छुट्टाछुट्टै (डेडिकेटेड) लेन प्रयोग गर्नुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट बायाँ लेनमा यात्रुबाहक तथा मालबाहक सवारी मात्र र दायाँ लेनमा निजी सवारीहरु मात्र गुड्न पाइने नियम लागू गर्न लागेको हो । यसअघि पनि यस्तो नियम भएपनि कडाइ गरिएको थिएन । महाशाखाले दुर्घटना कम गर्न र सवारीहरुको उचित व्यवस्थापन गर्न यस्तो नियमलाई कडा ढंगबाट लागू गर्न लागिएको बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट बायाँ लेनमा यात्रुबाहक तथा मालबाहक सवारी मात्र र दायाँ लेनमा निजी सवारीहरु मात्र गुड्न पाइने नियम लागू गर्न लागेको हो । यसअघि पनि यस्तो नियम भएपनि कडाइ गरिएको थिएन । महाशाखाले दुर्घटना कम गर्न र सवारीहरुको उचित व्यवस्थापन गर्न यस्तो नियमलाई कडा ढंगबाट लागू गर्न लागिएको बताएको छ ।

लेन फेर्दै मनलाग्दी चलाउँदा सडकमा दुर्घटना धेरै भएकोले अब सुस्त गतिमा गुड्नुपर्ने यात्रुबाहक तथा मालबाहक सवारीलाई आफूतर्फको दुई लेनमध्ये बायाँ लेन प्रयोग गर्न अनिवार्य गरिएको छ भने निजी सवारी पनि बायाँमा आउन नपाउने व्यवस्था गरिएको छ । तोकिएको सवारीले तोकिएका लेन मिचेमा लेन अनुशासनमा कारवाही गरिनेछ ।

सुस्त चल्ने सवारीले बायाँ लेन प्रयोग गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार नै यसलाई प्रयोगमा ल्याउन लागिएको र क्रमशः सम्भव हुने अन्य खण्डमा पनि विस्तार गर्ने लगिनेछ । यो नियम लागू गर्न सचेतनाका लागि बोर्डहरु राख्ने र चालकहरुलाई जिम्मेवार ढंगले चलाउन प्रोत्साहित गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !