८ बैशाख २०८१, शनिबार

देउवा नेतृत्वको सरकारमा को को थपिए १९ मन्त्री ?


देउवा नेतृत्वको सरकारमा को को थपिए १९ मन्त्री ?

श्रावण ११, २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । थपिएका १९ नवनियुक्त मन्त्रीहरुको नाम यस प्रकार छ :

नेपाल कांग्रेस

१. भीमसेनदास प्रधान – रक्षा मन्त्री
२. वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
३. यज्ञबहादुर थापा – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
४. मीन विश्वकर्मा – वाणिज्य मन्त्री
५. मोहन बस्नेत – सूचना तथा सञ्चार मन्त्री
६. सञ्जय गौतम – सिँचाई मन्त्री
७. रामकृष्ण यादव – कृषि मन्त्री
८. राजन केसी – युवा तथा खेलकुद मन्त्री
९. अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण मन्त्री
१०. महेन्द्र यादव – खानेपानी तथा सरसफाई मन्त्री

माओवादी केन्द्र

१. गिरिराजमणि पोखरेल – स्वास्थ्य मन्त्री
२. महेन्द्रबहादुर शाही – ऊर्जा मन्त्री
३. टेकबहादुर बस्नेत – सामान्य प्रशासन मन्त्री
४. शिवकुमार मण्डल – आपूर्ति मन्त्री
५. सन्तकुमार थारु चौधरी – पशुपन्छी विकास मन्त्री
६. आशा खनाल कोइराला – महिला तथा बालबालिका मन्त्री

नेपाल लोकतान्त्रिक फोरम

१. जितेन्द्रनारायण देव – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
२. गोपाल दहित – भूमिसुधार तथा ब्यबस्था मन्त्री

नेकपा संयुक्त

१. मिथिला चौधरी – जनसंख्या तथा वातावरण मन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !