७ बैशाख २०८१, शुक्रबार

कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

श्रावण १०, २०७४ । मन्त्रिपरिषद् विस्तार भोलि मात्र हुने सम्भावना रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि नेपाली कांग्रेसकै रामचन्द्र पौडेल पक्षले मन्त्री टुङ्गो लगाउन समय लगाएपछि बुधबार मात्र विस्तार हुने भएको हो ।  उद्योग, वन तथा भू-संरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय रिजर्भमा राखिएको छ ।

सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधान सहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक-एक जना मन्त्री बन्नेछन् ।  नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालि रहेको छ। अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ ।

नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन् । बाँकी ६ वटा मन्त्रालयमा १ जना महिलाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने अवस्था छ ।  अब थप उसले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरिरहेको विजय गच्छदारको फोरम लोकतान्त्रिकले पर्यटन र भूमीसुधार मन्त्रालय पाउने छ । नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ। नेकपा संयुक्तले मिथिला चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । सक्षेपमा मन्त्रालयहरुको बाँडफाँट यस प्रकार छ :

नेपाली कांग्रेस

१. उपप्रधानमन्त्री एवं शिक्षामन्त्री – गोपालमान श्रेष्ठ

२. अर्थमन्त्री – ज्ञानेन्द्रबहादुर कार्की

३. श्रममन्त्री – फर्मुल्लाह मन्सुर

४. रक्षा मन्त्रालय

५. सूचना तथा सञ्चार मन्त्रालय

६. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

७. सिँचाई मन्त्रालय

८. खानेपानी तथा सरसफाई मन्त्रालय

९. कृषि विकास मन्त्रालय

१०. सहकारी तथा गरिबी निवारण मन्त्रालय

११. कानुन मन्त्रालय

१२. युवा तथा खेलकुद मन्त्रालय

१३. वाणिज्य मन्त्रालय

नेकपा माओवादी केन्द्र 

१. उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री – कृष्णबहादुर महरा

२. गृहमन्त्री – जनार्दन शर्मा

३. शहरी विकास मन्त्री  – प्रभु शाह

४. उर्जा मन्त्रालय

५. स्वास्थ्य मन्त्रालय

६. सामान्य प्रशासन मन्त्रालय

७. आपूर्ति मन्त्रालय

८. पशुपन्छी विकास मन्त्रालय

९. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

लोकतान्त्रिक फोरम

१. उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री – विजय गच्छदार

२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

३.  भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नेकपा संयुक्त

१. जनसंख्या तथा वातावरण मन्त्रालय

अन्य दलका लागि

१. उद्योग मन्त्रालय

२. वन तथा भू-संरक्षण मन्त्रालय

३. विज्ञान तथा प्रविधि मन्त्रालय

४. शान्ति तथा पुनर्निर्माण मन्त्रालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !