८ बैशाख २०८१, शनिबार

को को थपिए नेपाली कांग्रेसबाट १० मन्त्रीहरु ?


को को थपिए नेपाली कांग्रेसबाट १० मन्त्रीहरु ?

श्रावण १२, २०७४ ।  सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको थियो। कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका थिए । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक-एक जना मन्त्री बनेका छन्  ।

प्रधानमन्त्री देउवाले आफ्नो समूहबाट मिन विश्वकर्मा, वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव मन्त्री भएका छन् । पौडेल समूहबाट सञ्जय गौतम, राजन केसी, रामकृष्ण यादव र यज्ञबहादुर थापा मन्त्री भएका छन् । यस्तै, मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधान क्रमशः खुमबहादुर खड्का र कृष्ण सिटौला समूहबाट मन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट थपिएका मन्त्रीहरुको नाम यस प्रकार छ :

१. भीमसेनदास प्रधान – रक्षा मन्त्री
२. वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
३. यज्ञबहादुर थापा – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
४. मीन विश्वकर्मा – वाणिज्य मन्त्री
५. मोहन बस्नेत – सूचना तथा सञ्चार मन्त्री
६. सञ्जय गौतम – सिँचाई मन्त्री
७. रामकृष्ण यादव – कृषि मन्त्री
८. राजन केसी – युवा तथा खेलकुद मन्त्री
९. अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण मन्त्री
१०. महेन्द्र यादव – खानेपानी तथा सरसफाई मन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !