७ बैशाख २०८१, शुक्रबार

भरतपुरमा निर्वाचन आयोगले गर्‍यो पुन: मतदानको निर्णय


Election-Commission-Nepal

काठमाडौं : बहुप्रतीक्षित भरतपुर महानगरपालिकाको मतगणनाको विषय अन्तत: पुन मतदानमा गएर टुङ्गिने भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत च्यातिएको बुथमा फेरि मतदान गराउने निर्णय आज बसेको निर्वाचन आयोगको बैठकले गरेको हो।

‘भरतपुर १९ को मतगणना गर्दैगर्दा मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि हुन आयो। त्यसकारण मतपत्र च्यातिएको मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुन: मतदानका लागि मिति स्थान र समय तोक्न प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भयो,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

नेकपा एमालेले मत गणना पहिलेकै ठाउँबाट थाल्नुपर्ने अडान लिएको थियो भने नेकपा माओवादीले पुन: मतदान हुनुपर्ने अडान लिएको थियो। आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिँदै प्रकृयालाई लम्ब्याएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !