७ बैशाख २०८१, शुक्रबार

पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना


ज्ञानेन्द्र शाह

पुस २७, काठमाडौँ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् । पूर्व राजाले एक सन्देश जारी गर्दै, सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन भन्ने गहिरो आशय प्रकट गरेका छन् ।

पूर्वराजा शाहको सन्देशमा भनिएको छ, “नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बड़ा महाराजाधिराज पृथ्वी नारायण शाहको २९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दाजु भाई तथा दीदी बहिनीहरूमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

जारी गरिएको सन्देशमा भनिएको छ, हाम्रा पुर्खाको पौरखले जोडिएको, जर्गेना गरिएको हिमाल पहाड र तराई मिलेर बनेको यो हाम्रो प्यारो जन्मभूमि नेपाल सदा स्वतन्त्र शान्त अविभाज्य अखण्ड रहनु पर्छ । देशका सवै भू-भागको रक्षा तथा समग्र नेपाली बासीको संमृद्धिको लागि गहकिलो प्रयास हुनैपर्छ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजका दिब्य उपदेशहरु आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् भनिएको छ ।

जनमानसमा के छ र के भइरहेको छ भन्ने सबैमा स्पष्ट छ भन्दै अहिले भइरहेको परिस्थितिमा पूर्व् राजा ज्ञानेन्द्रले चासो व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, राष्ट्रका नायकहरुको बीर गाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता स्वाभिमानको अभिव्यक्तिलाई कुण्डित पार्ने एंव मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन । पूर्व राजाले एक सन्देश जारी गर्दै, सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन भन्ने गहिरो आशय प्रकट गरेका छन् ।

यस्तो छ पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश

पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !