१२ बैशाख २०८१, बुधबार

गायक रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध विच्छेद


गायक रामकृष्ण ढकाल दम्पती सम्बन्ध विच्छेद

९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । पत्नी निलम शाह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । सम्बन्ध विच्छेद भएपनि निलमले अंश नलिने भएकी छिन् । ढकाल दम्पत्तिको एउटी छोरी भने आमा निलमसँग रहने भएकी छन् ।

ढकाल र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । ढकालका दर्जनौ गीत चर्चित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !