१२ बैशाख २०८१, बुधबार

काठमाडौंमा दुई पुलमा सकस : एउटा भत्काइँदै, एउटा भत्काएर नयाँ बनाइँदै


१ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंका दुई व्यस्त सडकमा पर्ने दुई पुल निर्माणको काम लम्बिने भएको छ । तीमध्ये टेकुमा विष्णुमती माथिको पुल निर्माण भइसके पनि मापदण्डअनुसार नभएकाले भत्काइँदै छ भने तीनकुनेस्थित निर्माणाधीन बागमती पुल पनि भत्काएर नयाँ बनाइँदै छ ।

यी दुवै पुलको निर्माणको ठेक्का विवादास्पद पप्पु कन्स्ट्रक्शनले पाएको थियो । २०७१ मा सम्झौता भई निर्माण भएको टेकुस्थित पुल सञ्चालन हुने समयमा गुणस्तरहीन र मापदण्डविपरीत भएको भन्दै सरकारले भत्काउने निर्णय गरेको छ भने २०७२ मा सम्झौता भएको तीनकुनेको पुलको थप निर्माण अघि बढाउन रोक लगाइएको छ ।

टेकुको पुल पटकपटक निर्माण नगर्न निर्माण कम्पनीलाई आग्रह गरिए पनि कम्पनीले अटेर गरेर बनाएको सरकारी भनाइ छ । निर्माण कम्पनीले भने सम्बद्ध सरकारी निकायको निर्देशनलार्य वास्ता नगरी आफूले गरेको कामलाई सही भन्दै निरन्तरता दिएको देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !