१२ बैशाख २०८१, बुधबार

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको आर्यघाटमा अन्त्येष्टि


बोर्डका अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको आर्यघाटमा अन्त्येष्टि

मंसीर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । हिजो राती हृदयाघातका कारण निधन भएका बोर्ड अध्यक्ष भट्टराई र गएको शनिवार आफ्नै घरमा मृत भेटिएका कलाकार क्षेत्रीको सोमवार अन्त्यष्टि गरिएको हो ।

नेपाल सरकारका प्रबक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए । आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनका लागि कलाकारको उल्लेख्य सहभागिता थियो । दुई फिल्मकर्मीको निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !