१३ बैशाख २०८१, बिहिबार

प्रदेश नम्बर ५ को राजधानी र नामाकरण सिफारिस समितिले आज प्रतिवेदन बुझाउँदै


प्रदेश नम्बर ५ राजधानी र नामाकरण सिफारिस समिति

मंसीर ३०, बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ । समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।

समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी राजधानीका लागि समितिले बुटवल-सैनामैना कपिलवस्तुको बाणगंगा-बुद्धभूमि र दाङको भालुवाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए ।

आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !