१२ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प


भूकम्प भूकम्प

मंसीर २६, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर विहीबार साँझ ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ । उक्त भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस गरिएको छ ।

भूकम्पको धक्का महशुस भएपछि काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरु घर बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !