७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको गरियो १० औ डायलसिस


प्रधानमन्त्री ओली

मंसीर २५, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको यो दसौं पटक डायलसिस गरिएको हो ।

चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओली डायलाइसीस गरिएपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाइमा ५ पटक डायलसिस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !