७ बैशाख २०८१, शुक्रबार

भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेसका कृष्णलाल भडेल विजयी


कृष्णलाल भडेल

१५ मंसिर, काठमाडौं । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ । अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३७४८ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११२१० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५८२९ मत पाएका छन् । अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ। भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !