८ बैशाख २०८१, शनिबार

बेडमै उठेर बस्न सक्ने भए प्रधानमन्त्री ओली


Kp Oli

मंसीर १२, काठमाडौं । एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गरिएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन् । प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिडाउने भनिएपनि उनी पूर्ण रुपमा उभिन सक्ने भने नभएको स्रोतले बतायो ।

शल्क्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो । प्रधानमन्त्री ओली आइसियुमै उपचारत रहेको र स्वास्थ्यमा पूर्ण रुपमा सुधार नभएकोले अझै केही दिन अस्पतालमै रहने स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !