८ बैशाख २०८१, शनिबार

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली


kp_oli_cabinet

२ मंसिर, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारी जुटेका छन् । सम्भवत आज सोमवार नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । हिजो आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर हुनसक्ने बालुवाटार निकट स्रोतको भनाइ छ ।

तर हिजो कुन-कुन मन्त्रीलाई हटाउने र कसलाई के के जिम्मेवारी दिने भन्ने विषयमा कुनै छलफल हुन नसकेकोले आज बिहानसम्म सम्भावित नयाँ मन्त्रीहरुको नामहरु टुंगो लाग्नेछ । कम्तिमा ६/७ जना मन्त्रीलाई विदा दिएर केही अनुभवी र केही नयाँलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको छ ।

मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने सम्भावना छ । श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको सन्दर्भमा भने छलफल चलिरहेको उच्च स्रोतले जनाएको छ ।

नेताहरुबीच सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने विषयमा आन्तरिक सहमति जुटिसकेको छ । नयाँ मन्त्रीका लागि वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ । त्यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ, छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !