११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीद्वारा भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह


प्रधानमन्त्री केपी शर्मा ओली

१ मंसिर, कामाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सवद्ध युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । भर्खरै भारतले जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् ।

भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् र दुई साता अघि प्रधानमन्त्री ओली नै बोलाएको सर्वदलीय बैठकले भारतसँग उच्चस्तरमा वार्ता गर्न आग्रह गरेको थियो । तर पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको भन्दै असन्तुष्टि समेत जनाए । उनले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ । संसदको राज्य व्यवस्था समितिले नै लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !