८ बैशाख २०८१, शनिबार

रौतहट बम विस्फोट प्रकरण – आफताब आलाम जेल चलान


मोहम्मद आफताब आलाम

कार्तिक २९, गौर । नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गरेको छ । २०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ। १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका हुन् । एक साता लामो थुनछेक बहसपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले अलामलाई मुद्दा टुंगो नलागेसम्मका लागि जेल पठाउने निर्णय गरेको हो।

आदेश लगत्तै आलमलाई जिल्ला कारागार गौरमा लाने तयारी भइरहेको छ । यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन् ।

यो पनि पढ्नुहोस् 

बम त के पटका समेत नपड्काएको नेता आलमको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !