७ बैशाख २०८१, शुक्रबार

आज नेपाल आउँदै गरेका बङ्गलादेशका राष्ट्रपतिको कार्यतालिका


अब्दुल हमिद

कार्तिक २६, काठमाडौँ । बङ्गलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । ४ दिने औपचारिक सद्भावना भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण हुन लागेको हो ।

उनले आजै भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । राष्ट्रपति हमिद आज साँझ नेपालस्थित बङ्गलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी भोली राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन दुई देशबीच हुने मुख्य कार्यक्रम सकिने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । जसअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दल नेतालाई बुधबार नै भेट्ने छन् । उनको महत्त्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल र्याडिनमा हुने जनाइएको छ ।

तेस्रो दिन पर्सी बिहीबार राष्ट्रपति हमिद ‘रि ट्रिट’का लागि पोखरा जानेछन् । त्यहाँ उनले फेवा तालमा केहीबेर बोटिङ गर्नेछन् । त्यसैगरी उनले पोखराको विभिन्न स्थानको दृश्यावलोकन गर्नेछन् र काठमाडौं फर्किनेछन् । त्यसैगरी भ्रमणको अन्तिम दिन शुक्रबार चद्रागिरी जाने कार्यक्रम छ । उनी शुक्रबार साँझ ५:०० स्वदेश फर्कने छन् ।

यो पनि पढ्नुहोस्

बंगलादेशका राष्ट्रपति मंगलबार काठमाडौं आइपुग्ने, पोखरा पनि जाने

यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !