८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य, भोलिसम्म डिस्चार्ज गरिने : ग्राण्डी अस्पताल


केपी शर्मा ओली

कार्तिक १३, काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण पूरा भएपछि मात्र डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएपछि आज राति वा भोलि बिहानसम्म डिस्चार्ज गरिने जनाएको हो ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना बढेको स्रोतले बतायो । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेका छन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् । आज राति नै मिर्गौला डायलासिस गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक प्रा. डा. दिव्या सिंह शाह र अर्का चिकित्सक डा. दिलिप शर्मा बाहेकलाई हेर्न दिइएको छैन । प्रधानमन्त्री ओलीलाई केहीबेर अघि आइसियूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान साँढे ९ बजे अस्पताल पुगेका थिए ।

यस्तो छ अस्पतालले निकालेको विज्ञप्ति

यस्तो छ अस्पतालले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !