८ बैशाख २०८१, शनिबार

खोटाङमा बस दुर्घटना : १४ जना घाइते (अपडेट)


खोटाङमा बस दुर्घटना

कार्तिक १३, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको यात्रु बस बिहान ७ः४० बजेतिर दुर्घटनामा परेको छ । को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नजिक कामीडाँडामा दुर्घटना भएको हो । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी १४ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

खोटाङवाट प्रतिनिधि सभामा निर्वाचित सांसद बिशाल भट्टराईले यस्तो अप्ठ्यारो परिस्थितिमा आसपासमा रहनुभएका साथीहरू घटनास्थल पुगेर उद्धारमा लाग्न हुन सामाजिक संजाल फेसबुकमार्फत अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !