११ बैशाख २०८१, मंगलबार

सार्वजनिक जग्गामा ‘लेलिन बजार’


८ कात्तिक, काठमाडौं । कालिकोट जिल्लाको रास्कोट नगरको केन्द्र रहेको आर सिपी बजार पुरै सार्वजनिक जग्गामा स्थापना भएको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओबादीले बजारीकरणका लागि ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गराएको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् ।

स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन अनुरोध गरेको थियो । तर सित्तैमा जग्गा पाएको भन्दै केही व्यक्तिले ठूलो लगानी गरेर घर बनाई व्यावसाय गरिरहेका छन् । नगर सरकारको बारम्बारको आग्रहलाई स्थानीयले नमानेपछि नगरको चौथो सभाले बजार स्थानान्तरण समिति गठन गरेको थियो । तर, अझै काम अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्रमा प्रेमराज सिम्खडाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !