७ बैशाख २०८१, शुक्रबार

हेलिकोप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति भण्डारी


२९ असोज, काठमाडौं । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारी किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।

राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् । म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !