१३ बैशाख २०८१, बिहिबार

सीएमसी पीडितद्वारा मेलम्ची प्रमुखको राजीनामा माग


मेलम्ची

२६ भदौं, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् ।

आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’ को धरौटी जफत गरिसक्दा पनि भुक्तानी नदिएको, भुक्तानी माग गरी गरेको प्रदर्शनमा गोली चलाउन लगाएको जस्ता आरोपसहित उनीहरुले कँडेलको राजीनामा मागेका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा दुर्गा लामिछानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !