८ बैशाख २०८१, शनिबार

हदबन्दी छुटको भन्दै जग्गाको दुरुपयोग


८ भदौं, काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी लगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन ।

हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !