७ बैशाख २०८१, शुक्रबार

रविप्रति कुनै पूर्वाग्रह छैन, तर पुडासैनीले न्याय पाऊन् : किशोर श्रेष्ठ


६ भदौं, पाल्पा । किशोर श्रेष्ठले नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष समेत रहेका श्रेष्ठले रविसँग आफ्नो पूर्वाग्रही भावना नभएको समेत स्पष्ट पारेका छन् । ‘बाहिर हल्ला भएजस्तो उनीसँग मेरो व्यक्तिगत रिसइबी छैन,’ उनले भने, ‘अनुसन्धानको दायरामा रहेका रवि छिटै सफाइ पाएर बाहिर निस्कने छन् ।’

यद्यपि मृतक पत्रकार शालिकराम पुडासैनीले न्याय पाउनुपर्नेमा उनले जोड दिएका छन् । पुडासैनीको भिडियो १३ मिनेटको मात्रै भएको उनले जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !