६ बैशाख २०८१, बिहिबार

रबिकी श्रीमती निकिताले लेखिन यस्तो स्टाटस


३१ साउन, काठमाडौं । “सिधा कुरा जनतासंग” कार्यक्रमका संयोजक रबि लामिछानेकी श्रीमती निकिता पौडेलले सामाजिक संजालमा एक्कासी एउटा स्टाटस लेखेकी छिन् ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउपछि उनले श्रीमान रबिकै स्टाटस लेखेकी छिन्, “आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।”

पौडेलले यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहनेछ भनि लेखेकी छिन् ।

पौडेलले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध समेत गरेकी छिन् ।

उनले लेखेकी छिन् “ We are for TRUTH; We are for JUSTICE”
#proudtobeyourwife# with Rabi Lamichhane

लामिछाने र युवराज कँडेल बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ परेका थिए  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !