१२ बैशाख २०८१, बुधबार

लामिछाने र कँडेल म्याद थपका लागि अदालतमा लगिए


काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवी लामिछाने र युवराज कँडेललाई म्याद थप गर्नका लागि चितवन जिल्ला अदालतमा पेश गरिने भएको छ ।

बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ परेका लामिछाने र कँडेलको नाम आत्महत्या गर्नु अगाडी भिडियोमा पत्रकार पुडासैनीले उल्लेख गरेकाले आवश्यक छानबिन गर्नेको लागि म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केहि समय पछि उनिहरुलाई अदालतमा पेश गरिने भएको छ ।

लामिछानेसँगै, कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी कडा सुरक्षाकावीच मध्यरात १ बजे चितवन लगिएको थियो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

यता प्रहरी कार्यलय अगाडी बिहानैदेखि लामिछाने र कँडेलका समर्थकहरुले चर्काे नाराबाजी गरिरहेका छन् । उनिहरुले लामिछानेलाई फसाउन चलखेल भन्दै तुरुन्त स–समान सहित रिहाइ गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !