१३ बैशाख २०८१, बिहिबार

निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग


२६ साउन, काठमाडौं । नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन् । उनीहरुले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ ।

सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग सहज पहुँच भई काम लिन सजिलो हुने भएकाले निजी कम्पनीले सेवा निवृत्त प्रभावशाली उच्चअधिकारीलाई लिँदै आएका छन् । उनीहरुले काम गरेका निजी कम्पनीमा जलविद्युत्, उड्डयन, अस्पताल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, खेलकुद संघसंस्था छन् ।

पदमा रहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका त्यस्ता उच्च अधिकृत अहिले कर्पोरेट जागिरे भएका छन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !