७ बैशाख २०८१, शुक्रबार

पानी नपरे पनि एकाएक बाढी


१७ साउन, काठमाडौं । गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो ।

बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आउने क्रम अझ पनि जारी छ । बिहीबार एक एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो ।
गत बुधबार दिउँसो लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो । बाढीमा बगेका केही अझै बेपत्ता छन् । दोर्दी गाउँपालिका –६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो ।
तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेल र हरिकृष्ण गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !