६ बैशाख २०८१, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?


gyanendra shaha

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ ।

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !