१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का


भूकम्प भूकम्प

११ बैशाख, काठमाडौं । काठमाडौंमा ठुलो भूकम्पको धक्का महसुस भएको छ । बिहान करीव ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । धार्दिंगको नौबिसे केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो । त्यसको १२ मिनेटपछि ६ बजेर ४० मिनेट जाँदा ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका सहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पको धक्काले गर्दा सर्वसाधारणहरु खुल्ला ठाउँमा निस्किएका थिए । २०७२ बैशाख १२ गते गएकाे विनाशकारी भूकम्पकाे ४ वर्ष पुरा हुने पूर्वसन्ध्यामा भूकम्प गएकाे हाे । आजकाे भूकम्प साेही भूकम्पकाे पराकम्पन हुनसक्ने बताइएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !