८ बैशाख २०८१, शनिबार

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना : को को थिए हेलिकोप्टरमा ?


Capture

१५ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ७ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक तथा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !