१२ बैशाख २०८१, बुधबार

काभ्रेको खहरेमा बस दुर्घटना, ३१ को मृत्यु तीस जना भन्दा बढी घाइते


insert- kavre

काभ्रेः काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ। दुर्घटनामा तीस जना भन्दा बढी यात्रु घाइते भएका छन्।

काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको डिएपी नवीन राईले जानकारी दिए। उनका अनुसार २५ जनाकै घटनास्थलमै मृत्यु भएको हो। बाँकीको उपचारका लागि लैजाने क्रममा तथा अस्पतालमा मृत्यु भएको हो। मृतकको अझै सनाखत हुन सकेको छैन।

घाइतेहरुको उद्धारको काम चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी राईले बताए। घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खटिएको राईले बताए।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेले पाँचवटा एम्बुलेन्स घटनास्थलमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। घाइतेहरुलार्इ उपचारका लागि काठमाडाैं पठाउने तयारी भइरहेको छ।

साघुँरो र कच्ची सडक भएको तथा क्षमता भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे जानकारी पाउना साथ काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेन्द्रनाथ बास्तोला लगायतको टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ।

दुर्घटनास्थल काभ्रे सदरमुकामबाट झन्डै ५० किलोमिटर दूरीमा पर्दछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !