१३ बैशाख २०८१, बिहिबार

उत्पादनमुखी शिक्षाले स्वरोजगार सिर्जना गर्ने


Nepalpatra

२३ असोज, काठमाडौँ ।  जनप्रभात माध्यमिक विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि रु ६५ लाखको लागतमा नयाँ भवन बनाएको छ ।

विद्यालयले सञ्चालन गर्न लागेको नयाँ कक्षाका लागि बनाइएको दुई तले उक्त भवनमा चार कोठा छन् । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भवनको उद्घाटन गर्दै महानगरभित्रका सामुदायिक विद्यालयमा निःशुल्क भर्नाको व्यवस्था भएपनि विद्यार्थी सहभागिता बढ्न नसकेकाले अनिवार्य भर्ना अभियान चलाउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयले राम्रो पाठ्यक्रमको विकास गरी निजी विद्यालयसँग गुणस्तरीय प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनुभयो ।

विद्यालयका अध्यक्ष रामशरण डङ्गोलले शिक्षाका माध्यमबाट समाजमा शान्ति स्थापना गरी आर्थिक विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो । विसं २००८ मा स्थापना भएको सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । माध्यमिक तहमा विद्यार्थीको आकर्षण बढ्दै गएको उक्त विद्यालयमा ५५४ विद्यार्थी तथा ४९ शिक्षक छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !