१३ बैशाख २०८१, बिहिबार

पर्यटन तथा व्यापार मेला हुने


Kanchanpur

२१ असोज, कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा, गार्मेन्ट, सूचना प्रविधि, औद्योगिक उत्पादन र मेशिनरीलगायतका सामग्री मेलामा राखिने छन् ।

१५० स्टल रहने मेलामा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार, थारू संस्कृति, मौलिक परिकारलगायत मेलाका आकर्षणका रूपमा रहने बेलौरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष टेकबहादुर साउदले बताउनुभयो ।

महोत्सवको माध्यमबाट बेलौरी छोटी भन्सारको स्तरवृद्धि, ग्रिन क्लिन सिटीको विकास र उद्योग स्थापना गर्न सघाउ पुग्ने उहाँले बताउनुभयो । मेलाका लागि १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिलाई सघाउ पु¥याउन अन्य २२ उपसमिति गठन गरिएको छ ।

मेलामा रु चार करोडको कारोबार हुने अनुमान गरेका छौँ, सङघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भन्नुभयो, “नेपाल भारतका गरी एक लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !