१३ बैशाख २०८१, बिहिबार

दुर्घटना न्यूनीकरणका लागि महाअभियान


Durghatana niyantran

१९ असोज, भद्रपुर ।  पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ ।

आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो ।

चार चरणमा सञ्चालन हुने महाअभियानको शुभारम्भ अवसरमा मङ्सिर ४ गते नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यले लाइभ कन्सर्टको तयारी गरेको छ ।

प्रदेश सरकार तथा प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सहारा नेपालसहित झापाका १० सङ्घसंस्थाले गर्ने महाअभियानमा रु पाँच करोड खर्च हुने संयोजक गिरीले बताउनुभयो ।

दोस्रो चरणमा चैत मसान्तसम्म प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० मोटरसाइकल, १० ब्रेथलाइजर मेशिन, १० राडारगन, तीन जेब्राक्रस मार्किङ मेशिन र केही थान वाकीटकी सेट प्रदान गरिने बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !