१३ बैशाख २०८१, बिहिबार

लाखौँ मूल्यको केराखेती नष्ट


banana

१२ असोज, राजविराज । सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोशी पुल क्षे त्रमा करीब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताउनुभयो । सप्तशोशीको बाढी खेतमा पसेपछि केराखेती नष्ट भएको हो । भारदहको विभिन्न स्थानमा लगाइएको केराखेतीमा पानी थुनिएर बोट सुक्न थालेको छ ।

एक बिघा जग्गामा केराखेती गर्न रु तीन लाखसम्म खर्च हुने गरेको किसानले बताएका छन् । हनुमाननगर कङ्कालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेतीसमेत बाढीका कारण नष्ट भएको छ । यहाँ तीन सय बिघामा केराखेती गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !