८ बैशाख २०८१, शनिबार

कार खस्दा दुई घाइते


durghatana

१५ भदौ, चितवन । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफँै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !