१३ बैशाख २०८१, बिहिबार

तराई मधेशमा रक्षाबन्धनको उल्लास


Raksha-Bandhan

१० भदौ, महेन्द्रनगर, धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् ।

मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासुत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशीयाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइ बहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।

रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेश भरी नै एउटा छुट्टै उल्लास छाएको छ । जताततै भाइ बहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गितिक धुन गुञ्जायमान भएको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !