१३ बैशाख २०८१, बिहिबार

एशियाडमा आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै


Inauguration Ceremoney1

३ भदौ, काठमाडौँ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ ।

त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ ।

फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्दैछन् । पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !