६ बैशाख २०८१, बिहिबार

समितिका सभापतिको निर्वाचन भदौ १७ मा


BICC

१ भदौ, काठमाडौँ ।  प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिनुभयो ।

बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्याैट विधेयक २०७५ सदनसमक्ष पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !