८ बैशाख २०८१, शनिबार

घरजग्गाको मूल्य वृद्धिप्रति स्थानीय आक्रोशित


kohalpur

३१ साउन, नेपालगञ्ज । बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीय तहले ३० प्रतिशतसम्म कर बढाउन सक्ने व्यवस्था छ । तर वडा कार्यालयले ३०० प्रतिशतसम्म कर वृद्धि गरेको कोहलपुर नगरपालिका वडा नं ८ का स्थानीय पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

वडा कार्यालयले मापदण्डविपरीत कर असुलेको गुनासो नगरपालिकामा आएको बताउँदै उपप्रमुख सञ्जुकुमारी थारुले नियमविपरीत लागू गरिएको कर सम्बन्धी निर्णयलाई सच्याइने छ भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !