१३ बैशाख २०८१, बिहिबार

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा


Myagdi

२९ साउन, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गर्नुभयो ।

खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म श्रमदान गर्ने गाउँ भेलाको निर्णयबमोजिम आफूहरुले श्रमदानको लागि उक्त रकम खर्चिएको शेरचनले बतानुभयो । “गाउँका हरेक घरबाट २०० दिन झारामा सहभागी भए, हाम्रो घरबाट काम गर्न सक्ने मान्छे नभएपछि ज्याला दिएर मान्छे खटाएर झारा ति¥याँै’’–उहाँले भन्नुभयो, “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो, अहिले घरघरमा खानेपानी धेरै सुविधा पुगेको छ ।’’

गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानीगाउँमा सञ्चालन भएको बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनामा स्थानीयले छ महिना बढी समयसम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

कूल रु ६७ लाख ६७ हजारको लागतमा निर्माण भएको यस आयोजनाबाट खानीगाउँका ५९ घरधुरी लाभान्वित भएका छन् । आयोजना निर्माणमा नेपाल सरकार र फिनल्याण्ड सरकारको रु २० लाख ९७ हजार ७८४ को दरले लगानी भएको छ भने गाउँपालिकाले रु छ लाख ७६ हजार ७०३ लगानी गरेको छ ।

“बफुवाखोलामा रहेको मुहानदेखि घरघरमो धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन श्रमदानबाटै खनेका हौँ, त्यसको अलवा आयोजनाको पूर्वाधार निर्माणमा समेत स्थानीयवासीबाट सहयोग भएको छ” उपभोक्ता समितिका अध्यक्ष छन्त्यालले भन्नुभयो । गत वर्षको भदौदेखि निर्माण शुरु भएको यस आयोजनामा स्थानीयवासीले हिउँदको अधिकांश समय श्रमदान गरेरै बिताएका थिए ।

आयोजना निर्माण भएपछि अहिले १३ वटा मुख्य र सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ । विगतमा खानेपानीको लागि कुवामा घण्टौँ समय लगाएर लाइन बस्नुपर्ने बाध्यता रहे पनि आयोजना निर्माण भएपछि घरघरमै सहजरुपमा खानेपानीको सुविधा उपभोग गर्न पाएको स्थानीयवासी मङ्गलबहादुर विश्वकर्माले बताउनुभयो । खानेपानीको सहज सुविधा पुगेसँगै स्थानीयवासीले खानेपानीको जोहो गर्न लाग्ने समयलाई कृषि र उद्यमशीलतातर्फ लगाउन शुरु गरेका छन् ।

‘एक घर, एक धारा’ अवधारणाअनुसार सबै घरधुरीसहित स्थानीय मण्डली र दुर्गा आधारभूत विद्यालय तथा खानीगाउँ आमा समूह भवनमा एक/एक वटा सार्वजनिक धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव खरबहादुर पुनले जानकारी दिनुभयो । यो वर्ष बरङ्जाको दुर्दीमा समेत रु ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । बास परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट मंगला गाउँपालिका–४ दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।

हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याउन यस परियोजनाले मङ्गलामा चारवटा योजना सञ्चालन गरेकोमा दुई वटा योजनाको निर्माण कार्य सम्पन्न भएको छ । परियोजनाले मङ्गला गाउँपालिका–१ थाइबाङमा पञ्चासे ओखरबोट खानेपानी आयोजना र २ नम्बर वडा तल्लो डडुवामा चिसापानी धोबीखोला खानेपानी आयोजनाको निर्माण कार्यलाई समेत अघि बढाएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !