७ बैशाख २०८१, शुक्रबार

निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश


Supreme Court of nepal

२२ आउन, काठमाडौँ । सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले गत साउन १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्था कार्यान्वयन गर्नसमेत माग गरिएको छ । अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गते छलफलका लागि बोलाइएको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !