७ बैशाख २०८१, शुक्रबार

शतप्रतिशत रोपाइँ सम्पन्न


ropai

२१ साउन, डडेल्धुरा । खेती लाग्ने शतप्रतिशत स्थानमा रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लामा रोपाइँ हुने कूल छ हजार २३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकेपछि यो वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्र पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा असारमा नै रोपाइँ सम्पन्न भएको थियो भने अन्य गाउँपालिकामा अहिले मात्रै सम्पन्न भएको जनाएको छ । डडेल्धुरामा रोपाइँ नसकिने भए पनि यो वर्ष भने पहिलो साताभित्रै केही सिँचाइ नलाग्ने जमीनबाहेक सम्पूर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्टले जानकारी दिनुभयो । सुुदूरपश्चिममा सबैभन्दा बढी रोपाइँ डडेल्धुरामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !