८ बैशाख २०८१, शनिबार

छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ


engineer-pakrau

१३ साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ ।

आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिनुभयो ।

नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उहाँ ट्याक्सिमा जाँदै गर्दा हेटांैडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिनुभयो ।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ । अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उहाँ बाटोमै पक्राउ पर्नुभएको हो ।

यसअघि आज बिहान अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि रु एक लाख घुस सहित पक्राउ गरेको थियो । झालाई आज बिहान आफनैकोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !